सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ। नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन्। सैनिक कल्याणकारी कोष स्थापनाको स्वर्ण जयन्तीको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओलीले नेपालले समृद्धि हासिल गर्न चाहेको र सोहीअनुसार काम अघि बढाइरहेको जिकिर गरे। उनले नेपाललाई सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउने आफ्नो चाहना रहेको बताए। नेपालीहरूको चाहना र गन्तव्य 'समृद्ध नेपाल र सुखी नेपाली' रहेको भन्दै त्यसलाई साकार बनाउनेतर्फ आफूहरू अघि बढिरहेको उनले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले भने, 'नेपाल अहिले सुशासन र विकासको अभियानमा अघि बढेको छ। जसबाट हामी समृद्धि हासिल गर्न चाहन्छौँ। र एउटा सभ्य, समृद्ध, विकसित राष्ट्र बनाउन चाहन्छौँ। हामीले गन्तव्य आफ्नो बनाएको भनेको हामी सबै नेपाली जनताको साझा आकांक्षा समृद्ध नेपाल र सुखी नेपाली हो। त्यसलाई साकार पार्ने गन्तव्यतर्फ क्रियाशील छौँ।'
उनले यस यात्रामा सैनिक कल्याणकारी कोषले विभिन्न कार्यक्रममार्फत देश रक्षाको धरोहरको रूपमा रहेको नेपाली सेना तथा भूतपूर्व सैनिकहरूलाई एकताबद्ध गराउन र अघि बढाउन योगदान पुर्याएको पनि बताए।
प्रधानमन्त्री ओलीले सैनिक कल्याणकारी कोषको आम्दानीको स्रोत घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे।