श्रोत नखुलेको १० लाख नगदसहित एक भारतीय युवक सशस्त्र प्रहरीको नियन्त्रणमा

शनिबार, साउन १०, २०८२

काठमाडौं  । सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद १० लाख रुपैयाँसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

Honor x5c

सिराहाको लहान–३ अस्पताल चोकबाट आज सशस्त्र प्रहरीले स्रोत नखुलेको रु १० लाख १ हजार ६९५ नगदसहित भारतको मधुवनी जिल्लास्थित लौकाहा बजार बस्ने अन्दाजी २४ वर्षीय राहुल कुमारलाई पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं.७ गण सिराहाका गणपति, एसपी नरेश भण्डारीका अनुसार बिहान साढे ९ बजे सुरक्षा वेश क्याम्प लहानबाट खटिएको ‘चेक प्वाइन्ट’ टोलीले यात्रुवाहक सवारी जाँच गर्ने क्रममा इनरुवाबाट लहानतर्फ आउँदै गरेको बसमा सवार राहुल कुमारलाई नियन्त्रणमा लिएको हो । 

पक्राउ परेका राहुल कुमारलाई नगदसहित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको एसपी भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  १४:२२
प्रतिक्रिया दिनुहोस्