सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । लुम्बिनी प्राविधिक विश्वविद्यालयले शैक्षिक सत्र २०८२ का लागि स्नातक तहका विभिन्न प्राविधिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया सुरु गरेको छ ।
विश्वविद्यालयका डिन डा. निरज केसीले B.Tech in Civil Engineering, IT Engineering, Computer Science & Artificial Intelligence तथा Information Technology मा भर्ना खुला गरिएको जानकारी दिए । उनका अनुसार दोस्रो र तेस्रो ब्याचका विद्यार्थीहरू भर्ना गरिनेछन् ।
विश्वविद्यालयका मुख्य विशेषता अन्तर्गत गुणस्तरीय र उद्योगमैत्री पाठ्यक्रम, ६० प्रतिशत आन्तरिक मूल्यांकन प्रणाली, एक महिनाभित्र नतिजा प्रकाशन र ग्रेड वृद्धि पुनः परीक्षाको व्यवस्था गरिएको केसीले जानकारी दिए । भर्नाका लागि आवेदन फारम साउन ११ गतेदेखि entrance.ltu.edu.np मा अनलाइनमार्फत उपलब्ध हुनेछ । कक्षा १२ को नतिजाको प्रतीक्षामा रहेका विद्यार्थीहरू पनि परीक्षा दिन योग्य हुनेछन् ।
कुल सचिव रेग बहादुर भण्डारीले आर्थिक रूपमा कमजोर, जेहेन्दार तथा विशेष समुदायका विद्यार्थीहरूलाई लक्षित गरी छात्रवृत्ति योजना बनाइएको बताए । उनका अनुसार पूर्ण छात्रवृत्ति ६ जना, ७५% छुट ३६ जना, ५०% छुट २८ जना र २५% छुट थुप्रै विद्यार्थीलाई प्रदान गरिनेछ ।
हाल विश्वविद्यालयमा १९८ विद्यार्थी अध्ययनरत छन् भने आगामी वर्षहरूमा संख्यात्मक वृद्धि गर्दै समावेशी, शुलभ र गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने लक्ष्य लिइएको विश्वविद्यालयले दोहोर्याएको छ ।