आँखा पाक्ने रोग फैलिएपछि दाङको गढवाका स्कुल बन्द

सोमबार, साउन २२, २०८०
Honor 600 pro

लमही (दाङ ) । दाङको गढवा गाउँपालिकाले आँखा पाक्ने रोग फैलिएपछि विद्यालय बन्द गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै एक हप्ताको लागि विद्यालय बन्द गर्ने निर्देशन दिएको हो।

केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको शिक्षा शाखाले जनाएको छ।

बालबालिकाहरूको आँखा चिलाउने पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रूपमा वृद्धि भइरहेकाले उक्त समस्यावाट बालबालिकाहरूमा हुनसक्ने जोखिम न्यूनीकरण गर्नका लागि विद्यालयहरू बन्द भएका हुन् ।

आँखा सम्बन्धित रोग बढ्दै जाँदा उपचारको लागि अस्पताल पुग्नेहरूको संख्या पनि बढ्दै गएको छ। अहिले देशका धेरै जसो जिल्लामा आँखा पाक्ने रोगले धेरैलाई ग्रसित पारेको छ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १९:२८
प्रतिक्रिया दिनुहोस्