प्रधानमन्त्री ओलीले आज संसद विशेष सम्बोधन गर्दै

बुधबार, साउन ७, २०८२
Honor 600 pro

काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बस्दैछ। 

आजको बैठकको मुख्य आकर्षण प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्दै सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ। यसबाट सरकारको नीति र कार्यसम्पादनबारे सांसदहरूका जिज्ञासा सम्बोधन हुने अपेक्षा गरिएको छ।

बैठकमा सभामुख देवराज घिमिरेले 'राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्। यस विधेयकमाथि सदनमा थप छलफल हुनेछ।

त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले 'विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

यो छलफलले नेपालको मत्स्य उद्योगको अन्तर्राष्ट्रिय व्यापारमा सहुलियत प्राप्त गर्ने सम्भावनाबारे मार्गप्रशस्त गर्नेछ।

प्रकाशित मिति: बुधबार, साउन ७, २०८२  ११:०१
प्रतिक्रिया दिनुहोस्