सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
दंगीशरण(दाङ)। नेपाली कांग्रेस दाङले नेता,जननायक वेपी कोइरालाको ४३ औं स्मृती दिवसका अवसरमा दंगीशरण-६ को प्रसडुवामा रहेको भानु माध्यामिक विद्यालयको प्राङ्गणमा बृक्षरोपण गरेको छ ।
नेपाली कांग्रेस दाङको आयोजना तथा दंगीशरण गाउँपालिकाको ब्यबस्थापनमा विद्यालय परिसरमा बृक्षरोपण गरेको हो ।
वीपी स्मृती दिवसका अवसरमा आयोजित बृक्षारोपण कार्यक्रममा कार्यक्रमका प्रमुख अथिती नेपाली कांग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले ८४ मा हुने निर्वाचनलाई आफ्नो पक्षमा ल्याउन पार्टीभित्र बहस र पैरवीगर्न आवश्यक रहेको बताएका छन । यो समयको सदुपयोग र संगठन निर्माणको लागि खर्च गर्नुपर्ने उनको भनाइ थियो ।
१४औं महाधिवेशनमा कोही कतै कोहि कतै लागेका थियौ होला तर अब सवै एकै ठाउमा आउनुको बिकल्प नरहेको गिरीको भनाइ थियो ।अर्को प्रसङ्गमा गिरीले आफ्नो चरित्र आचरण र व्यबहार २००७ साल र २०१७ सालकै चरित्र,आचरण र व्यबहारले भुइमान्छेसँग पुग्न नसकिने र जबसम्म कांग्रेस भुइमान्छे सम्म जोडिन सक्दैन भुइ मान्छेको समस्या समाधानका लागि जोडिन सक्दैन तवसम्म कांग्रेस कांग्रेस बन्न नसक्ने गिरीको जिकिर थियो।
सोही अवसरमा नेपाली कांग्रेस दाङका सभापती शंकर डाँगीले दाङ कांग्रेसले निरन्तर थुप्रै रचनात्मक कार्यक्रमहरु गर्दैआएको बताएका थिए ।बीपीको बिचार र आदर्श अनुरुप दाङ कांग्रेस अगाडि बढेको र आगामी दिनमा पनि थप रचनात्मक कार्यक्रमका साथ अगाडी बढ्ने बताएका हुन ।
४३ औ स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह महामन्त्री खगराज पाण्डे,नेपाली कांग्रेस दाङका पुर्व जिल्ला सभापती घनश्याम रेग्मी, पुर्व वीर केशरी गौतम, कृति वहादुर खड्का,राष्ट्रिय सभाका प्रमुख सचेतक अनिता देवकोटा, महाधिवेशन प्रतिनिधि शंकर गिरी,महासमिति सदस्य भुप बहादुर डाङ्गी,महाधिवेशन प्रतिनिधि केशव आचार्य,क्षेत्र न ३ का सभापति जगत खड्का,क्षेत्र न २ का सभापती,भिम प्रकाश खड्का,क्षेत्र न १ का सभापती,भेषराज पाण्डे,महाधिवेशन प्रतिनिधि मधु नेपाली,नेपाल थारुसंघका केन्द्रिय सदस्य गणेश चौधरी ,जिल्ला समन्वय समिती दाङका सदस्य सरस्वती नेपाली,लगायतले बिपिको बिचार तथा बिपिले अगाडि सारेको समाजवादको ब्याख्या गरेका थिए।
भानु माध्यामिक विद्यालय परिसरमा गरिएको बृक्षारोपण कार्यक्रममा ९ प्रजातिका बिरुवाहरु रोपिएको थियो । जसमा गुल्मोहर ,कन्जी गुलाव,कपुर,अम्बा ,टिमुर,अमला,दालचिनी,खयर,टिक गरि करीब २५० बिरुवाहरु रोपिएको थियो ।
४३ औं स्मृती दिवस कार्यक्रम नेपाली कांग्रेस दाङका जिल्ला सभापती डँगीको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य गिरीको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो । नेपाली कांग्रेस दंगीशरणका सभापति शम्भु गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस दाङका सचीव अर्जुन योगीले गरेका थिए ।