सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेबाट आर्थिक वर्ष २०८१-०८२ मा झण्डै सवा १० करोड रुपैयाँ बढीको बराबरको अवैध सामग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा गण र मातहतका सशस्त्र प्रहरी कार्यालयले १० करोड १६ लाख ४५ हजार ४६८ रुपैयाँको अवैध भन्सार छलीका सामग्री बरामद गर्दै नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको हो।
उक्त अवधिमा सशस्त्र प्रहरीले ६ लाख ८८ हजार ७३० रुपैयाँ बराबरको अवैध काठ बरामद गरेर डिभिजन बन कार्यालय नेपालगन्जमा बुझाएको छ भने आ.व.०८१-०८२ को अन्तिमसम्ममा ५८ लख १० हजार २६९ रुपैयाँ बराबरको बोईलर कुखुरा, माछा, दुध, अण्डा, चल्ला बरामद गरी पशु क्वारेन्टाइन कार्यालयमा बुझाएर नष्ट गरिएको सशस्त्र प्रहरी बाँकेले जानकारी दिएको छ।
त्यसैगरी सशस्त्र प्रहरीले श्रोत नखुलेको नगद १० लाख १२ हजार ९२५ रुपैयाँ बरामद गरी भन्सार कार्यालय बुझाएको छ। सि दौरानमा सशस्त्र प्रहरी बाँकेले ४४ जनालाई नियन्त्रण लिएको जनाएको छ।
सशस्त्र प्रहरी नं.३० गण बाँकेका अनुसार त्यस अवधिमा खजुरा गाउँपालिका-१ बहादुरपुरबाट एक थान भरुवा बन्दुक बरामद गर्दा अवैध ओसारपसारमा प्रयोग भएका ३ वटा गाडी,३८ थान मोटरसाइकल र ५ वटा अटोरिक्सा बरामद गरेको थियो।
यस्तै सशस्त्र प्रहरीले बाँकेभर ११० पटक जनचेतनामूलक कार्यक्रम गर्दै ४८ पटक जिल्लाको विपद् घटनाको उद्धारमा खटिएको सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।