पूर्वराष्ट्रपति भण्डारी १० वर्षपछि पुगिन् एमाले मुख्यालय

आइतबार, साउन ४, २०८२
Honor 600 pro

काठमाडौँ । ललितपुरको च्यासलस्थित नेकपा एमालेको मुख्यालयमा पूर्वराष्ट्रपति विद्या देवी भण्डारी  पुगेकी छिन्। एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागि आज दिउँसो भण्डारी च्यासल पुगेकी हुन्।

एमालेमा सक्रिय राजनीतिमा आउनका लागि पार्टी सदस्यता बाधक रहेको भन्दै ओली निकट नेताहरूले बताइरहेका बेला पूर्वराष्ट्रपति भण्डारीको १० वर्षपछिको पार्टी कार्यालय  भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ। 

भण्डारीको सचिवालयका अनुसार, ओली र भण्डारीबीच एमालेमा सक्रिय हुनेबारे कुराकानी हुनेछ।

सोमबार बस्ने पोलिटब्युरो बैठकको समापन गर्दै ओलीले भण्डारी राजनीतिमा आउनेबारे आफूले संवाद गर्ने र पार्टीको निर्णयअनुसार निर्णय गर्ने बताएका थिए।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १७:१७
प्रतिक्रिया दिनुहोस्