सशस्त्र प्रहरीद्वारा प्रतिवन्धित औषधि र अवैध सामग्रीसहितको स्कुटर बरामद

शनिबार, साउन ३, २०८२
Honor 600 pro

बाँके । बाँकेबाट सशस्त्र प्रहरीले ठुलो परिमाणमा प्रतिवन्धित औषधि, अवैध सामग्री र स्कुटर  बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपालगन्जको जमुनहास्थित प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले जानकी गाउँपालिका-१ पचपोखराबाट साढे ३ लाख रुपैयाँ बराबरको प्रतिवन्धित औषधिसहितको अवैध सामग्री बरामद गरेको हो। 

भारतबाट ठुलो परिमाणमा प्रतिवन्धित औषधि नेपाल आउँदै गरेको विशेष सूचनाका आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्मबाट खटिएको टोलीले शुक्रबार राति ११ बजे ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल १ हजार २ सय पत्ता र ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन ३ सय  पत्ता बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीका अनुसार प्रस्तावित सीमा सुरक्षा गुल्मको टोलीले अवैध रुपले प्रतिवन्धित औषधिसँगै ल्याइएको ७ पेटि टायल र ओसारपसारमा प्रयोग गरिएको भारतीय युपी ३२ डिएम १०४४ नम्बरको  स्कुटर समेत बरामद गरेको हो। 

अवैध ओसारपसारमा संलग्न रहेकाहरु फरार भएको जनाउँदै सशस्त्र प्रहरीले बरामद गरेका प्रतिवन्धित सम्बन्धित निकायमा र बरामद गरिएको टायल र स्कुटरलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइने जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्