सिरहाबाट तीन वटा मोटरसाइकलसहित साढे ९ लाखका अवैध सामाग्री बरामद

सोमबार, साउन २२, २०८०
Honor 600 pro

सिरहा। सशस्त्र प्रहरीले सिरहाबाट करिव साढे ९ लाख रुपैयाँ बराबरको अवैध सामाग्रीसहित तीन वटा मोटरसाइकल बरामद गरेको छ।

सशस्त्र प्रहरी गण नं.७ सिरहाले भगवानपुर गाउँपालिका -३ मरिकटोलबाट करीव ९ लाख ४७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको अवैध सामाग्री र ओसारपसारमा प्रयोग गरिएका  तीन

वटा मोटरसाईकल बरामद गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरिएका लत्ताकपडा, जुत्ताचप्पल लगायतका सामाग्रीलाई साउन २० गते बरामद गरि आबश्यक कारबाहीका लागि भन्सार कार्यालय माडरमा बुझाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्