सशस्त्र प्रहरीद्वारा ९ लाख रुपैयाँ बढीको अवैध कपडा बरामद

शनिबार, असार २८, २०८२

काठमाडौं  । सशस्त्र प्रहरी  पर्साले  भन्सार छली गरेर ल्याएको ९ लाख ४७ हजार ६ सय २५ मूल्य पर्ने लत्ताकपडा बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित  सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले वीरगञ्ज महानगर–१० स्थित टाउनहलबाट बिकेएस इम्पेक्समा भारतबाट अवैध रूपमा ल्याएर भण्डारण गरेको कपडा बरामद गरेको हो ।
 
सशस्त्र प्रहरीबल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले टाउनहलस्थित विकेस इम्पेक्सको गोदामबाट भन्सार छली गरेर ल्याएको रु ६ लाख ५९ हजार ७०० मूल्यका कपडा बरामद गरेको हो।

त्यसैगरी सशस्त्र प्रहरीले आर्दशनगर र छप्कैयाबाट भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको रु दुई लाख ७९ हजार १०५ मूल्यका कपडा र किरानाका सामान बरामद गरेको सशस्त्र प्रहरी पर्साले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०८:२९
प्रतिक्रिया दिनुहोस्