असार १६ देखि चलेको कांग्रेस बैठक आज टुंग्याउने तयारी

सोमबार, असार २३, २०८२
honor २२ sept

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको असार १६ देखि चलिरहेको बैठक आज टुंग्याउने तयारी गरिएको छ । आइतबार टुंग्याउने तयारी भए पनि वक्ताहरु बोल्ने क्रम नसकिएपछि बैठक आजसम्म लम्बिएको हो । 

X7D

बैठकमा विभिन्न १३ एजेन्डामा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १३३ जनाले आफ्नो भनाइ राखिसकेका छन् । आइतबारको बैठकमा २९ जनाले आफ्नो भनाइ राखेका छन् । सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार र कोषाध्यक्ष उमेश श्रेष्ठले सम्बोधन गरे । 

त्यस्तै केन्द्रीय सदस्यहरू—गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रवक्ता डा प्रकाशशरण महत, बलबहादुर केसी, डा मिनेन्द्र रिजाल, एनपी साउद, आनन्दप्रसाद ढुंगाना, डा चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, शंकर भण्डारी, ध्रुव वाग्ले, मधु आचार्य, प्रकाश रसाइली स्नेही, नानु बास्तोला, भीम पराजुली, रुक्मिणी कोइराला र आमन्त्रित रूपमा बैठकमा सहभागी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आ–आफ्नो धारणा राखे ।

विभिन्न प्रस्तावहरूमा धारणा राख्ने क्रम अझै जारी रहेको छ । कार्यसमितिको बैठक असार २३ गते सोमबारर दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्नेछ।

आज नै निर्णय सुनाएर पारित गर्ने तयारी रहेको बताइएको छ । 

यसअघि शुक्रबार केन्द्रीय सदस्यहरू— ज्ञानेन्द्रबहादुर कार्की, दिलेन्द्रप्रसाद बडू, दिपक गिरी, सुजाता परियार, कल्याणकुमार गुरुङ, सरिता प्रसाई, अमृत अर्याल, कल्पना चौधरी, किरणराज शर्मा पौडेल, गेहेन्द्र गिरी, तारामान गुरुङ, राजीव कोइराला, उमेशजंग रायमाझी, अब्दुल सत्तार, राजीव ढुंगाना, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, चम्पादेवी खड्का, मुक्ताकुमारी यादव, प्रतिमा गौतम, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, डा गंगालक्ष्मी अवाल, सुशिला थिङ, सुशिला ढकाल (आचार्य), शान्ति परियार विक, डा जीवन राना, धना खतिवडा, गोमाकुमारी भट्टराई, अनिलकुमार रुंगटा, आमन्त्रित केन्द्रीय सदस्य दिपक खड्का, आमन्त्रित रुपमा बैठकमा सहभागी मन्त्रीहरु—तेजुलाल चौधरी (युवा तथा खेलकुद) र रामनाथ अधिकारी (कृषि तथा पशुपंक्षी विकास) गरी ३३ जनाले आ–आफ्नो धारणा राखेका थिए । 

बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरू— अर्जुननरसिंह केसी, सुरेन्द्रराज पाण्डे, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, चिनकाजी श्रेष्ठ, रामजनम चौधरी, आङ्गेलु शेर्पा, प्रदिपकुमार सुनुवार, डा रणबहादुर रावल, महेन्द्रकुमारी लिम्बू, सरस्वती बजिमय, सरस्वती अर्याल तिवारी, हरिशरण नेपाली, नागिना यादव, अजयबाबु शिवाकोटी, दिनेश कोइराला, सीता थपलिया (उर्मिला), कल्याणी रिजाल र लक्ष्मी खतिवडा गरी २० जनाले आ–आफ्नो धारणा राखेका थिए। 

बुधबार केन्द्रीय सदस्यहरू  श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेत, शिवप्रसाद हुमागाईं, कर्णबहादुर बुढा, गोविन्दबहादुर शाह, राजेन्द्रकुमार केसी, इन्जिनियर मोहन आचार्य, रंगमती शाही, कान्तिका सेजुवाल, विद्यादेवी तिमिल्सीना, आमन्त्रित प्रदेश सभापतिहरू— उद्धव थापा (कोशी), कृष्णप्रसाद यादव (मधेस), ईन्द्रबहादुर बानियाँ (बागमती), अमरसिंह पुन (लुम्बिनी), ललितजंग शाही (कर्णाली) र वीरबहादुर बलायर (सुदूरपश्चिम) गरी १६ जनाले आ–आफ्नो धारणा राखेका थिए ।

गत सोमबार  १० जनाले तथा मंगलबार २५ जनाले सम्बोधन गरेका थिए । शनिबार भने बिदा दिइएको थियो ।बोल्ने क्रममा आपसमा हिलो छ्याप्ने र आफ्ना गल्तीलाई पार्टीको गल्तीका रुपमा व्यवस्थापन गर्नसमेत खोजेको पाइएको छ। 

कतिपय सांसदले आफ्ना गल्ती लुकाउन आरोप प्रत्यारोपमा उत्रने काम गरेका छन् भने अधिकांश सांसदहरुले अहिलेको परिस्थिति र पार्टीले खेल्नुपर्ने भूमिकाका साथै पार्टीको १५ औँ महाधिवेशनका बारेमा चासो राखेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २३, २०८२  ०७:०५
प्रतिक्रिया दिनुहोस्