सशस्त्र प्रहरी र तस्करबीच झडप, ६ सशस्त्र प्रहरी घाइते

शुक्रबार, असार २०, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल र तस्करबीच धनुषामा भिडन्त भएको छ। धनुषाको विदेह नगरपालिका-२ वैदेही दुहबीस्थित नेपाल–भारत सीमा नजिक सशस्त्र प्रहरी र तस्करबीच भएको भिडन्तमा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन् ।

बिहीबार राति सशस्त्र प्रहरीले तस्करीको सामान भित्राएर आँप बगैँचाको एक घरमा राखेको भन्ने सूचना पाएपछि सशस्त्र प्रहरीको ३० जनाको टोली पुगेको थियो । आँप बगैंचा पुग्र्को  सशस्त्र प्रहरीमाथि तस्कर समूहले घरेलु हतियार, भाटा र ढुंगामुढासहित आक्रमण गरेका थिए ।

उक्त आक्रमणमा घाइते भएका ६ जना सशस्त्र प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको सशस्त्र प्रहरी धनुषाले जानकारी दिएको छ।

झडपलाई नियन्त्रणमा लिन ४ राउन्ड हवाई फायर र १३ राउन्ड अश्रुग्यास प्रहार गरिएको सशस्त्र प्रहरीले जनाएको छ। तस्करहरुलाई स्थानीयहरुले सघाएपछि सशस्त्र प्रहरी उक्त अवैध सामान बरामद गर्न असफल भएको हो।

प्रकाशित मिति: शुक्रबार, असार २०, २०८२  ०९:५३
प्रतिक्रिया दिनुहोस्