एसईईमा नरैनापुरको नतिजा सधै किन न्यून? जिम्मेवार को?

बिहीबार, असार १९, २०८२

नेपालगन्ज । शिक्षा क्षेत्रमा करोडौं रुपैयाँ लगानी गर्दै दिवा खाजा समेत व्यवस्था गरिदै आएको  बाँकेको नरैनापुर गाउँपालिकामा २०८१ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा चिन्ताजनक देखिएको छ।

 जिल्लाका ४  वटा विद्यालयहरुमा एसईईमा कुल १८५ जना परीक्षार्थी सहभागी हुँदा २३ जना मात्र ग्रेडेड हुन सफल भएका छन् । 

त्यहाँबाट १२.४३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका हुन् ।नरैनापुर गाउँपालिकाको  महेन्द्र मा.वि. मटैहियाबाट एसईईमा ५३ जना परीक्षार्थी हुँदा  १४ जना मात्र ग्रेडेड (२६.४२ प्रतिशत)  भएका हुन् ।   नरैनापुरका विद्यालयहरुमध्ये सबैभन्दा बढी यस विद्यालयबाट उत्तीर्ण भएका छन् ।

त्यसैगरी,मा.वि.लक्ष्मणपुरबाट २९ परीक्षार्थीमध्ये २ जना उत्तीर्ण भएका छन् । जसको उत्तीर्ण प्रतिशत ६.९० रहेको छ भने जय किसान मा.वि. भोजपुरबाट ३ जना मात्र ग्रेडेड (६.६७ प्रतिशत) भएका छन् । त्यस विद्यालयबाट ४५ जना विद्यार्थी एसईईमा सहभागी रहेका थिए। 

सबैभन्दा बढी ५८ जमा विद्यार्थी सहभागी भएको ने.रा.मा.वि. जमुनीबाट एकदमै न्यून उत्तीर्ण भएका छन् । जमुनीबाट ५८  एसईईमा सहभागी हुँदा ४ जना मात्र उत्तीर्ण भएका छन् । जसको उत्तीर्ण प्रतिशत ६.९० रहेको छ।

गत वर्षको एसईई नतिजा न्यून हुँदा र अहिले पनि यस्तो परिणामले नरैनापुर गाउँपालिकाको शैक्षिक गुणस्तरमा निकै सुधार गर्नुपर्ने आबश्यकता देखिएको छ भने शिक्षा क्षेत्र हेर्ने गाउँपालिकाको जिम्मेवार शिक्षा शाखा अलि गम्भीर भएर लाग्न जरुरी देखिएको छ। स्थानीय अभिभावक भन्छन् -'शिक्षा शाखा गम्भीर भएर लागेको भए अझै केही बढी प्रतिशत उत्तीर्ण हुने थिए।'

यस्तो न्यून नतिजा आउनुमा सबैभन्दा ठुलो जिम्मेवार को? गाउँपालिका कार्यालय, शिक्षा शाखा, सम्बन्धित विद्यालय, शिक्षक , विद्यार्थी वा अभिभावक ?

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  ०८:५८
प्रतिक्रिया दिनुहोस्