एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र नेपालगन्जबाट पक्राउ

बुधबार, असार १८, २०८२
Honor 600 pro

नेपालगन्ज  । नेपालगन्जस्थित कर्णाली विकास बैंक घोटाला प्रकरणमा नेकपा एमालेका केन्द्रीय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन् ।

बैंकका पूर्वअध्य मिश्रलाई नेपालगन्जबाट नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) सहितको टोलीले आज पक्राउ गरेको हो। 

वि.सं.२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँकै क्षेत्र नम्बर–२ बाट चुनाव लडेका मिश्र  कर्णाली विकास बैंकमा वि.सं. २०६६ देखि  वि.सं.२०७५ साल सम्म अध्यक्ष रहेका थिए। मिश्र भन्दा अघि सीआईबीले बैंकका अध्यक्ष र तथा प्रमुख कार्यकारी अधिकृत राजेन्द्रवीर रायलाई पक्राउ गरिसकेको छ।

बैंक घोटाला प्रकरणमा पक्राउ परेका मिश्रलाई जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखेर काठमाडौंबाट गएको सीआईबीको टोलीले अनुसन्धान सुरु गरेको बाँके प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १७:१३
प्रतिक्रिया दिनुहोस्