कांग्रेसका पूर्व सांसद रामअयोध्याको निधन

बुधबार, असार १८, २०८२

बारा । नेपाली कांग्रेसका पूर्व सांसद रामअयोध्या यादवको निधन भएको छ । संविधानसभा सदस्य यादवको आज बिहान उपचारका क्रममा निधन भएको हो । 

बाराको सुवर्ण गाउँपालिका- २ कवहीजगातका यादवको ७२ वर्षको उमेरमा वीरगञ्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा निधन भएको उनका छोरा डा.जितेन्द्र यादवले सञ्चारमाध्यमलाई बताएका छन् । 

मधुमेह रोगबाट लामो समयदेखि पीडित यादव २०७० सालको दोस्रो संविधान सभामा बारा १ बाट निर्वाचित भएका थिए ।

उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य थिए । उनकी श्रीमती, २ छोरा र २ छोरी छन् । 

प्रकाशित मिति: बुधबार, असार १८, २०८२  ०८:१९
प्रतिक्रिया दिनुहोस्