जसपा नेपालद्वारा लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

शुक्रबार, असार १३, २०८२
Honor 600 pro

दाङ । जनता समाजबादी पार्टी नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन  फिर्ता लिएको छ।

पार्टीका तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले आज समर्थन फिर्ता लिएको बेहोरासहितको पत्र मुख्यमन्त्री मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाएका हुन । आचार्य नेकपा एमालेका नेता हुन ।

काफ्लेले बुझाएको पत्रमा सरकारलाई दिएको समर्थन फिर्तासहितको पत्र बुझाएपनि मुख्यमन्त्रीले उनीहरुसंग छलफल गरिरहेको सचिवालयले जानकारी दिएको छ ।

साथै उनले पत्र मार्फत अबदेखि प्रेदशसभाको बैठकमा बिपक्षीको बैठकमा आशन ब्यबस्थापनको लागि आग्रह पनि गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको जसपाले केन्द्रमा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने यसअघि नै घोषणा गरिसकेको छ ।

प्रकाशित मिति: शुक्रबार, असार १३, २०८२  १७:२८
प्रतिक्रिया दिनुहोस्