सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा स्पष्ट पारेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै उनले भिजिट भिसा र अध्ययनका सम्बन्धमा अख्तियारले अनुसन्धान गरिरहेकाले यसको निष्कर्ष आएपछि आवश्यकताअनु्सार अनुसन्धान गरिने बताएका छन् ।
उनले जिम्मेवार आयोगले नै छानबिन गरिरहेकाले अर्को छानबिन समिति गठन गर्नु उपयुक्त नहुने बताउँदै अख्तियारले चाहेको सहयोग सरकारले व्यवस्था गरेका छन् ।
त्यस्तै दोस्रो बुँदामा उनले लामो समयदेखिको भिजिट भिसा प्रकरणको विगतदेखिको समस्या समाधान गर्नका लागि सरकार तत्पर रहेको र त्यसका लागि सरकारले महत्वपूर्ण निर्णय गरेको बताए ।
उनले अध्यागमनका सम्बन्धमा धेरै समस्या रहेको बताउँदै ती विगतदेखि नै हुँदै आएको जानकारी दिँदै कसरी सहज बनाउने भिजिट भिसाबारे भन्ने बारेमा सरकार गम्भीर रुपले ध्यानाकृष्ट भएको बताए ।
उनले हिजो नै सरकारले विगतदेखिका समस्या समाधान गर्न ठोस पहल गर्ने निर्णय गरेको जानकारी दिएका छन् । उनले हिजो नै अख्तियारको कार्यमा असर नपर्ने गरी उच्च स्तरीय छानबिन समिति गठन गरिएको बताएका छन् ।
समितिलाई १३ कार्यादेश दिइएको छ । तीन महिनाभित्र समितिले प्रतिवेदन तयार गर्नेछ । पूर्व मुख्यसचिव शंकरदास बैरागीको नेतृत्वमा ६ वटा मन्त्रालयका सहसचिवहरु समेटेर समिति बनाइएको हो ।