भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्छ: सांसद श्रेष्ठ

शनिबार, असार ७, २०८२

काठमाडौं।  भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले माग गरेकी छन्। आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले जनताको माग राखेर लामो समयदेखि आन्दोलन गर्दा पनि सदनमा जनताको आवाज नसुनेकोमा चिन्ता व्यक्त गरिन्।

Honor x5c

सांसद श्रेष्ठले सरकारले संसदीय छानबिन समिति वा उच्चस्तरीय छानबिन आयोग किन नबनाएको भन्दै प्रश्न गरिन्। उनले जनताले सदनमा आफ्नो आवाज नसुने कहाँ गएर सुनाउने भन्दै लोकतान्त्रिक अभ्यासमा जनताको आवाजको सुनुवाइ हुनुपर्नेमा जोड दिइन्।

'हामीले यो सदनमा यत्तिका दिनसम्म जनताको माग राखेर उभिरहेका छौँ। तर अहिलेसम्म पनि सरकारले संसदीय छानबिन समिति, उच्चस्तरीय छानबिन आयोग बनाउँछु भनेर कतै पनि जनताको आवाजको सुनुवाइ गरेको छैन,' श्रेष्ठले भनिन्, 'जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन?'

श्रेष्ठले सरकार 'निर्बल दुर्बलको लागि हो कि शक्तिशालीहरूको लागि' भन्दै प्रश्न गरिन्। उनले भिजिट भिसाको दुरुपयोगका कारण नेपाली युवाहरू रुस र खाडी मुलुकलगायत विभिन्न देशमा जाने गरेको र एक करोड रुपैयाँ खर्च गरेर अमेरिका जान तयार हुने अवस्थाले नीतिगत सुधारको आवश्यकता औँल्याएको बताइन्।

'कहिलेसम्म हाम्रा युवाहरू देश छोडेर बाहिरिनेरु एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन्, एक वर्ष लगाएर किनरु त्यसमा पोलिसी रिफर्म गर्न पर्दैन?' उनले प्रश्न गरिन्।

प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १७:३५
प्रतिक्रिया दिनुहोस्