१० विद्यालयका ७० बालबालिकालाई शैक्षिक सामग्री प्रदान

बुधबार, असार ४, २०८२
Rojgaar shaakhaa

कोहलपुर । कोहलपुर नगरपालिकाले १० वटा सामुदायिक विद्यालयका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बादी, गन्धर्व, अल्पसंख्यक तथा असहाय ७० जना बिद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको शिक्षा तथा खेलकुद शाखाका वरिष्ठ शिक्षा अधिकृत शिला गौतमले जानकारी दिइन् । करीब २ लाखको लागतमा १० वटा विद्यालयका ७र७ जना विद्यार्थीलाई झोला, कापी, कलम पेन्सिल, इरेजर लगायतको सेट प्रदान गरिएको हो । 

कोहलपुर नगरपालिका सभाहलमा आज आयोजित एक कार्यक्रमका बीच नगर उपप्रमुख संगिता सुवेदीले आधारभूत तह ९१–५० कक्षामा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सामग्री हस्तान्तरण गरिन् । उनले सामुदायिक विद्यालयमा अध्ययनरत अत्यन्तै निम्न आयस्तर भएका बालबालिकाहरुलाई पठनपाठनमा सहजता होस् भन्ने उद्देश्यले शैक्षिक सामग्री प्रदान गरिएको बताइन् । कुनै पनि बालबालिकाहरु विद्यालयको पहुँच भन्दा वाहिर हुन नपरोस् भनेर नगरपालिकाले आयस्तर कमजोर भएका परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्रीसँगै छात्रवृत्तिको समेत व्यवस्थापन गर्दै आएको बताइन् । 

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर गिरीले बालबालिकाहरुलाई शिक्षाको पहुँचमा ल्याउने वातावरण सिर्जना गर्ने गरी पालिका अघि बढेको बताए । सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा शाखा प्रमुख रामबहादुर हमालले शुभकामना मन्तव्य  व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ शिक्षा अधिकृत गौतमले गरेकी थिइन् ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १५:०८
प्रतिक्रिया दिनुहोस्