३९ लाख बढीको मोबाइल पार्ट्स सशस्त्र प्रहरीको नियन्त्रणमा

शनिबार, जेठ ३१, २०८२
honor mob  winter sales

बारा। सशस्त्र प्रहरीले बाराबाट भन्सार छली गरेर ल्याइदै गरिएको ३९ लाख रुपैयाँँ बढीको एप्पल कम्पनीको एयरपोड्स प्रो  र टेम्पर ग्लास (मोबाइल पार्ट्स)  बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नं.१२ गण बाराबाट डीएसपी मोहनराज बिष्टको कमाण्डमा खटिएको सात जनाको टोलीले आज बिहान साढे ५ बजे जिल्लाको विश्रामपुर गाउँपालिका-३ डम्पिङ्ग साइट नजिकैवाट ३९ लाख १२ हजार रुपैयाँ बराबरको एयरपोड्स प्रो  र टेम्पर ग्लास बरामद गरेको हो।

सशस्त्र प्रहरी बाराका एसपी खुम केसीका अनुसार नियमित गस्ती गर्ने क्रममा भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको उक्त अवैध सामग्री ओसारपसारमा संलग्न व्यक्ति सशस्त्र प्रहरीलाई देख्नासाथ एयरपोड्स प्रो  र टेम्पर ग्लास छोडेर फरार भएका थिए।सशस्त्र प्रहरीले एउटा साइकल समेत बरामद गरेको छ।

बरामद गरिएको याप्पलको एयरपोड्स प्रो ९५ पिस र टेम्पर ग्लास १६२ पिस रहेको सशस्त्र प्रहरी बाराले जानकारी दिएको छ।

 बारामा एसपी केसी आएदेखि सशस्त्र प्रहरीले करोडौं रुपैयाँ बढीका अवैध सामग्री, ठुलो परिमाणमा लागुऔषधसहित विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै आएको छ

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १३:१२
प्रतिक्रिया दिनुहोस्