भिजिट भिसामा मेरो संलग्नता छैन:गृहमन्त्री

शुक्रबार, जेठ ३०, २०८२
honor २२ sept

काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै मन्त्री लेखकले यस्तो दाबी गरेका हुन्।

X7D

उनले आफूविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढङ्गले राजनीतिक रूपमा आक्रमण गर्ने प्रयास गरिएको भन्दै आपत्ति जनाएका छन्। आफूलाई जोडेर सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएका विषयमा समेत कुनै सत्यता नरहेको जिकिर गर्दै खेद प्रकट गरेका थिए। 

गृहमन्त्री लेखकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिनमा सहयोग गर्ने बताउँदै आवश्यक परेमा उपस्थित हुन तयार रहेको पनि स्पष्ट पारेका थिए। उनले कर्मचारी जोडिँदैमा मन्त्रीले राजीनामा दिनुपर्ने कुरा अनुचित रहेको पनि जिकिर गरे।

'अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको विषयमा मेरो संलग्नता छ भनि गरिएको प्रचारप्रसार, समाज र सामाजिक सञ्जालमा अभिव्यक्त विचारमा कुनै सत्यता छैन,' उनले भने, 'उक्त कार्यमा मेरो संलग्नता छैन, हुन सक्दैन भन्ने कुरा सम्मानित सदनमा जानकारी गराउन चाहन्छु। मेरा विरुद्धमा नियोजित ढङ्गले, षड्यन्त्रमूलक ढङ्गले, राजनीतिक रूपमा आक्रमण गर्ने प्रयत्न भएको छ, जसको म यो सम्मानित सदनबाट खेद प्रकट गर्न चाहन्छु। र म साथीहरूलाई आग्रह गर्न चाहन्छु—संवैधानिक निकायले छानबिन गरिराखेको विषयलाई कुनै पनि मन्त्रीसँग जोड्ने वा सरकारसँग जोड्ने र जवाफ दिने हो भने हिजो कति मन्त्रीहरूले जवाफ दिनुभएको थियो? त्यसको तागत साथीहरूसँग छ?'

 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्