द्विपक्षीय श्रम सम्झौता र वैदेशिक भ्रमणमा छलफल

शुक्रबार, जेठ ३०, २०८२
Honor 600 pro

काठमाडौँ । संघीय संसदअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दैछ।

आज बिहानदेखि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बसेको हो। यस बैठकमा द्विपक्षीय श्रम सम्झौता भएका मुलुकमा वैदेशिक रोजगारीका लागि नेपाली घरेलु कामदार पठाउने सम्भावनाका सम्बन्धमा छलफल हुनेछ।

त्यस्तै, बिहान साढे १० बजे अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्नेछ। यो बैठकमा वैदेशिक भ्रमण लगायतका समसामयिक विषयहरूमा परराष्ट्र मन्त्रालयसँग छलफल हुने कार्यसूची रहेको छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०९:१६
प्रतिक्रिया दिनुहोस्