तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउन अदालतको आदेश

शुक्रबार, जेठ ३०, २०८२
Honor 600 pro

काठमाडौं । राजावादीको प्रदर्शन क्रममा तीनकुनेमा भएको हिंसात्मक  घटनामा काठमाडौं जिल्ला अदालतले  दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको छ।

काठमाडौं अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले गए राति १२ बजे आदेश जारी गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ७ जनालाई थुनामा पठाउने ओदश दिएका हुन्  ।वथुनामा पठाइएकामा प्रसाईंसहित तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र कुमार तामाङ छन्।

गत २०८१ चैत १५ मा काठमाडौँको तीनकुनेमा पूर्व राजाको पक्षमा प्रदर्शनको नाममा अवाञ्छित गतिविधि गरेको आरोपमा सरकारी वकिलले ५० जनाविरुद्ध राज्यविरुद्ध समेतको कसुरमा जेठ ११ मा अभियोजन गरेको थियो । तीमध्ये दुर्गा प्रसाईँ सहित ३९ जना प्रहरीको हिरासतमा थुनामा थिए ।

त्यस्तै, अन्य ३२ जनालाई भने अदालतले धरौटीमा रिहा गर्ने आदेश गरेको हो। प्रसाईंलाई आपराधिक उपद्रवको कसुरमा थुनामा पठाउने आदेश भएको हो । राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र र महामन्त्री तथा सांसद अदालतमा उपस्थित नरहेकाले आदेश आएको छैन।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  ०७:५४
प्रतिक्रिया दिनुहोस्