सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
नेपालगञ्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँकेको आयोजनामा संघको ३४औँ स्थापना दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम नेपाली कांग्रेसका केन्द्रीय महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनको अवसर पारेर नेपाल स्वास्थ्यकर्मी संघ बाँकेले हेल्थ डेस्क सञ्चालन गर्दै शुभकामना आदानप्रदान, भित्तेपात्रो विमोचन तथा अन्य विविध कार्यक्रमहरू आयोजना गरेको हो ।
कार्यक्रममा सहभागीहरूले नेपाल स्वास्थ्यकर्मी संघको स्थापना दिवसलाई उत्साहपूर्वक मनाउनुका साथै उक्त सम्मेलनमा ३२५ जनाको स्वास्थ्य परीक्षण समेत गरेको छ । ब्लड प्रेसर, सुगर, तौल लगायत परीक्षण गरिएको थियो ।