आजको काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता

सोमबार, जेठ १९, २०८२

काठमाडौं । काज काठमाडौं उपत्यका बन्द गर्ने निर्णय राजावादी समूहले फिर्ता लिएको छ। राजसंस्था र हिन्दु राज्य पुनर्स्थापनाको मागसहित आन्दोलनरत संयुक्त जनआन्दोलन समितिले काठमाडौं उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको हो।

Honor x5c

आन्दोलनको कार्यक्रममा पक्राउ परेका सबै रिहा भइसकेकाले आजलाई तोकिएको बन्दको कार्यक्रम फिर्ता लिइएको हो ।

समितिका संयोजक नवराज सुवेदीले जारी गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै 

नेताहरु रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिइएको जानकारी गराइन्छ ।’

आइतबार काठमाडौंमा गरेको प्रदर्शनको क्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपाका सांसद दीपक सिंह लगायतलाई प्रहरीले नियन्त्रणमा लिएको विरोधमा नेताहरुले उपत्यका बन्द गर्ने घोषणा गरेका थिए । तर ती सबै नेताहरुलाई आइतबार साँझ नै प्रहरीले रिहा गरेको थियो ।

त्यसैले बन्द पनि फिर्ता लिइएको संयुक्त जनआन्दोलन समितिले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  ०७:५७
प्रतिक्रिया दिनुहोस्