सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनरत राजावादीहरूले सोमबार काठमाडौँ उपत्यका बन्दको आह्वान गरेका छन् ।
आइतबारको प्रदर्शनमा सरकारी दमन भएको आरोप लगाउँदै उनीहरूले सोमबार बन्द गर्ने घोषणा गरेका हुन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले विज्ञप्ति जारी गरी उक्त घोषणा गरेका हुन् ।
सरकारले आफूहरूको शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेकाले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको विज्ञप्तिमा उल्लेख छ ।