कांग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात

शुक्रबार, जेठ १६, २०८२

काठमाडौं । केही दिनअघि मात्रै जेलमुक्त भएका नेपाली कांग्रेसका नेता एवं पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात भएको छ । 

आलमलाई आज बिहान ९ बजे नै उनलाई अस्पताल पुर्‍याइएको बताइएको छ।

मानिसलाई इँट्टाभट्टामा ज्युउँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो । 

त्यसपछि नख्खु कारागारबाट रिहा भएका उनी मस्तिष्कघात भएसंगै काठमडौँको अन्नपूर्ण न्यूरो अपतालमा भर्ना भएका पारिवारिक स्रोतले जनाएको छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १९:५६
प्रतिक्रिया दिनुहोस्