Tihar Banner
Tihar Banner

बाँकेको राप्ती नदीको भँगालोमा फसेका ३ जनाको सशस्त्र प्रहरीले गर्‍यो सकुशल उद्धार

शुक्रबार, जेठ १६, २०८२

बाँके । बाँकेको नरैनापुर गाउँपालिकास्थित सशस्त्र प्रहरीको बिओपी गंगापुरले राप्ती नदीको बाढीमा फसेका तीन जनाको सकुशल उद्धार गरेको छ।

गए राति राप्तीसोनारी गाउँपालिका -६ र डुडुवा गाउँपालिका-५ को सिमानामा राप्ती नदीको भँगालोमा फसेका तीन जनालाई बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीको नेतृत्वमा गएको विपद व्यवस्थापनसहितको टोलीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरी बल नं.३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।

डुडुवा गाउँपालिकाको लागेको ठेक्कामा बालुवा लोडको काम  सकेर फर्कने क्रममा राप्ती नदीमा एक्कासी आएको बाढीले उनीहरुलाई बगाँएर भँगालोमा पुर्‍याएको थियो।

राप्तीको भँगालोमा मानिसहरु फसेको खबर पाए लगत्तै उद्धार सामाग्रीसहित  बिओपी गंगापुरबाट सशस्त्र प्रहरी निरीक्षक भण्डारीको नेतृत्वमा टोली घटनास्थल पुगेको हो।

विपद व्यवस्थापन एक्स्पर्ट  सशस्त्र प्रहरी निरीक्षक भण्डारीको टोलीले करिब १ घन्टा लगाएर उनीहरुलाई सकुशल राप्ती नदीबाट बाहिर ल्याएको हो।

उद्धार कार्यमा कम्दीस्थित इलाका प्रहरी कार्यालयको टोली, जिल्ला प्रहरी कार्यालय बाँकेको टोली र सशस्त्र प्रहरीको फत्तेपुरस्थित अप्पर पोस्ट लगायत उद्धार कार्यमा खटिएका थिए।

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  ०९:४०
प्रतिक्रिया दिनुहोस्