गृहमन्त्री लेखकले जनतालाई गुमराहमा राख्न खोजेका छन्: नेकपा माओवादी केन्द्र

बिहीबार, जेठ १५, २०८२
Honor 600 pro

काठमाडौं  गृहमन्त्री रमेश लेखकले जनतालाई गुमराहमा राख्न खोजेको नेपका माओवादी केन्द्रले बताएको छ।  नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणविरुद्ध सदनभित्र विपक्षीले सुरु गरेको संघर्ष जारी रहेको बताएका हुन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समय लिएर बोेलेका प्रमुख सचेतक पाण्डेले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आशंका रहेकाले राजीनामा माग्दै विपक्षीले संघर्ष गरिरहेको बताएका हुन् ।

उनले आफूमाथि आरोप लागेपछि राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्नेमा गृहमन्त्री रमेश लेखकले बुधबार पत्रकार सम्मेलन गरेर जनतालाई थप गुमराहमा राख्न खोजेको आरोप लगाए ।

‘पत्रकार सम्मेलनमार्फत गृहमन्त्रीले कर्मचारीलाई दोषरोपण गरेर गृहमन्त्री पन्छिन खोज्नु भयो,’ उनले भने, ‘भ्रष्टाचार भयो भने कारबाही गर्ने दायित्व यो सरकारको छ कि छैन रु कारबाही गर्न यो सरकार बनेको होइन रु यसरी जनतालाई गुमराहमा राख्न खोजिएको छ ।’

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १४:४४
प्रतिक्रिया दिनुहोस्