आज गणतन्त्र दिवस

बिहीबार, जेठ १५, २०८२

नेपालगञ्ज । आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन ।

यस दिनको सम्झनामा आज जेठ १५ गते बिहान सूर्योदयसँगै नेपाली सेनाले बिगुल बजाएको छ । साथै तोप र बन्दुकको बढाइँ गर्ने कार्यक्रम पनि छ । मूल समारोह समितिको कार्यक्रम सैनिक मञ्च टुँडिखेलमा हुनेछ । त्यस्तै १६ गते सरकारी निकायका घरका छत, बरण्डाहरूमा राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र दीप प्रज्वलन गर्ने कार्यक्रम तय भएको छ ।

जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।

हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । वि।सं। २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम वि।सं। २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  ०८:२६
प्रतिक्रिया दिनुहोस्