नेपालगञ्जमा भोलि कांग्रेसको वृहत् रक्तदान, महामन्त्री थापा जेठ २० नेपालगञ्ज आउँदै

बुधबार, जेठ १४, २०८२

नेपालगञ्ज । गणतन्त्र दिवस २०८२ का अवसरमा भोलि बिहिवार नेपाली काँग्रेस बाँकेले मानवीय कार्यक्रम गर्ने जनाएको छ ।

पार्टी सभापति नारायाण गौडेलका अनुसार भोलि नेपाली काँग्रेसले वृहत् रक्तदानका लागि पार्टीका कार्यकर्तालाई आव्हान गरेको छ । उक्त दिन नेपालगञ्जको भेरी अस्पतालस्थित रक्तसंचार केन्द्रमा सभापति गौडेलसहित पार्टीका अन्य नेता कार्यकर्ताहरुले रक्तदान गर्ने भएका छन्  । 

क्षेत्रीय सम्मेलनमा सहभागी हुन काँग्रेस महामन्त्री थापा नेपालगञ्ज आउने भएका छन् ।

नेपालगञ्जमा नेपाली काँग्रेसका महामन्त्री गगन थापा आउने भएका छन् । उनी यही जेठ २० गते नेपालगञ्जमा हुने नेपाली काँग्रेस बाँके क्षेत्र नं. २ को क्षेत्रीय सम्मेलनमा प्रमुख अतिथिका रुपमा सहभागी हुने क्षेत्रीय सभापति रमेश कुमार गुप्ताले बताए । सम्मेलनमा महामन्त्री थापासंगै लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन लगायतका नेताहरु पनि सहभागी हुने बताइएको छ ।

क्षेत्रीय सभापति गुप्ताका अनुसार क्षेत्रीय सम्मेलनमा विभिन्न विषयमा कार्यपत्र तथा आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन् । सम्मेलनको बन्दसत्रमा ४ सय ७० जना प्रतिनिधिको सहभागिता रहने छ भने उद्घाटन सत्रमा करिब १ हजार बढीको सहभाािगता हुने बताइएको छ।।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०८:४४
प्रतिक्रिया दिनुहोस्