गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रदर्शन

मंगलबार, जेठ १३, २०८२
Honor 600 pro

काठमाडौँ । भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै प्रदर्शन भएको छ।

काठमाडौंको माइतीघर मण्डलामा गृहमन्त्रीको राजीनामा माग्दै आज साँझ विरोध प्रदर्शन भएको हो।

अखिल (क्रान्तिकारी), अखिल (समाजवादी), अनेरास्ववियु युवा सङ्घ नेपाल, योङ कम्युनिष्ट लिग, नेपाल युवा सङ्गठन लगायतका विद्यार्थी तथा युवा सङ्गठनहरूले अध्यागमन भिजिट भिसामा भएको भ्रष्टाचार, मानव बेचबिखन र देशद्रोहविरुद्ध प्रदर्शन गरेका हुन्। उनीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

प्रदर्शनकारीहरूले 'मानव तस्कर सरकार मुर्दावादु,' नालायक गृहमन्त्री राजीनामा देु, 'गृहमन्त्रीको आम्दानी दैनिक ५० लाख, मासिक १५ करोड, वार्षिक २ खर्ब' जस्ता प्लेकार्डहरू बोकेर प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  २१:४१
प्रतिक्रिया दिनुहोस्