साईगाउँबाट एउटा मोटरसाइकलसहित १ क्विन्टल कुखुरा सशस्त्र प्रहरीको नियन्त्रणमा

मंगलबार, जेठ १३, २०८२
Honor 600 pro

नेपालगन्ज । सशस्त्र प्रहरीले बाँकेको जानकी गाउँपालिकाबाट एउटा मोटरसाइकलसहित ठुलो परिमाणमा बोइलर कुखुरा बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नम्बर ३० गण मातहत रहेको फरवार्ड बेस साईगाउँबाट सशस्त्र प्रहरी नायब निरीक्षक जीवन पौडेलको कमान्डको टोलीले जानकी-१ साईगाउँबाट एउटा मोटरसाइकलसहित १ क्विन्टल बोइलर कुखुरा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध तस्करी गरेर ल्याइँदै गरेको १ क्विन्टल बोइलर कुखुरा तस्करले सशस्त्र प्रहरीलाई देख्नासाथ मोटरसाइकल र कुखुरा छोडेर फरार भएका हुन्।

बरामद गरिएको ४० हजार रुपैयाँको अवैध बोइलर कुखुरा र १ लाख २० हजार रुपैयाँको मोटरसाइकललाई आबश्यक कारबाहीका लागि सम्बन्धित कार्यालयमा पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्