कांग्रेसले दाबी गर्दै भन्यो-गृहमन्त्री भिजिट भिसा प्रकरणमा निर्दोष छन्

सोमबार, जेठ १२, २०८२
Honor 600 pro

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक निर्दोष रहेको नेपाली कांग्रेसले दाबी गरेको छ।

आजको कांग्रेस पदाधिकारी बैठकबाट गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा संलग्न नरहेको निष्कर्ष निकालेको नेपाली कांग्रेसले जानकारी दिएको छ।

कांग्रेसले गृहमन्त्री लेखक यस प्रकरणमा संलग्न नरहेको भन्दै जो-जो संलग्न भएका छन् उनीहरुलाई कारबाही हुनुपर्ने जनाएको छ।

यता  नेकपा माओवादी केन्द्रले गृहमन्त्री लेखकले राजिनामा दिएर अनुसन्धान प्रक्रियालाई सघाउन माग गरेको छ। गृहमन्त्रीकै विषयलाई लिएर भोलि प्रतिपक्षी दलहरुले संसद अवरुद्ध पार्ने तयारी गरेको बताएका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्