'झ्याप्प झ्याप्प बत्ती जानु सरकारको आयुको संकेत हो?'

आइतबार, जेठ ४, २०८२
Honor 600 pro

काठमाडौं। नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले पछिल्लो समय बारम्बार विद्युत आपूर्ति अवरुद्ध हुनु (झ्याप्प झ्याप्प बत्ती जानु) लाई सरकारको आयुसँग जोडेर प्रश्न गरेकी छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद राईले विद्युत आपूर्तिमा भइरहेको अनियमितताप्रति असन्तुष्टि व्यक्त गरिन्। उनले बत्ती बारम्बार जानुलाई सरकारको आयुको संकेत हो कि भनी टिप्पणी गरिन्। पछिल्लो समय विद्युत जाने र आउने क्रम बढेका कारण नागरिकहरू आक्रोशित छन् र यसले सरकारको आलोचना भइरहेको छ।

उनले भनिन्, ‘आज भोलि झ्याप झ्याप बत्ती जान्छ, किन सरकाररु के यो सरकारको आयुको संकेत हो?'

सांसद राईले मध्यपहाडी लोकमार्ग अन्तर्गत भोजपुर र खोटाङ जिल्लाको सीमानामा पर्ने बाँझेच्यानडाँडा खण्डको १० किलोमिटर सडक लामो समयदेखि अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १३:५०
प्रतिक्रिया दिनुहोस्