सेती खोंचमा हामफालेका युवकको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

शनिबार, जेठ ३, २०८२
honor २२ sept

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल आपतकालीन उद्धारमा नागरिकको सारथी बन्दै गएको छ। विपद् उद्धारमा अब्बल बन्दै गएको सशस्त्र प्रहरीले पोखरास्थित सेती नदीम हामफालेका एक युवकको सकुशल उद्धार गर्न सफल भएको हो।

X7D

गए राति पोखरा महानगरपालिका-१० पृथ्वीचोकस्थित चाइनापुलबाट सेती नदीमा हामफालेका अन्दाजी २१ वर्षीय युवकको सशस्त्र प्रहरी बल नं.२४ गणबाट खटिएको टोलीले गए राति साढे ९ बजे सकुशल उद्धार गरेको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

सशस्त्र प्रहरीले १ सय मिटर तल सेती नदीको खोजमा हामफालेर अचेत अवस्थामा  ती युवकको ४५ मिनेट लगाएर  रोपरेस्क्यू प्रयोग गरी उद्वार गर्न सफल भएको जनाएको छ।   

उद्धार गरे लगत्तै अचेत रहेका ती युवकलाई सशस्त्र प्रहरीले उपचारका लागि अस्पताल पुर्‍याएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्