घट्यो पेट्रोलियम पदार्थको मूल्य

बिहीबार, जेठ २, २०८२

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेशनले मूल्य घटाएर पठाएपछि सोअनुसार मिलान गरी नेपाल आयल निगमले मूल्य घटाएको हो । 

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँ, डिजेल–मट्टितेल प्रतिलिटर तीन रुपैयाँले घटाइएको छ ।

एलपीजी ग्यासको भाउ यथावत छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २, २०८२  २०:५३
प्रतिक्रिया दिनुहोस्