सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका तत्कालीन सञ्चारमन्त्री एवं सांसद मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले तीन अर्ब भन्दा बढी सार्वजनिक हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिद प्रक्रियामा उनीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।
१५ जना नेपाली र एक विदेशी नागरिकसहित दुई कम्पनी गरी १८ प्रतिवादी बनाइएको छ ।
मुद्दामा ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बिगो दाबी गरिएको छ ।
मुद्दा लागेकाहरुमा कांग्रेस सांसद बस्नेत, तत्कालीन दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालनि सदस्यहरु धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेती, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजयकुमार राय, उपनिर्देशक रेवतीराम पन्थ, उपनिर्देशक सुरेश बस्नेत, उपनिर्देशक हिरण्यप्रसाद वस्ताकोटी र उपनिर्देशक अच्युदानन्द मिश्र रहेका छन् ।
त्यस्तै प्राधिकरणका निर्देशक सुरेशलाल हाडा, निर्देशक दिपेश आचार्य र उपनिर्देशक सन्दिपि अधिकारी रहेका छन् । साथै परामर्शदाता भ्यानराइज सोलुसन्स एएएल (अफशोर) र सोका मुख्य व्यक्ति सीईओ जमान अनौटी र भ्यानराइज सोलुसन्स एएएल (अफशोर)को लोकल एजेन्ट भनिएको कनेक्सन ट्रेड लिंक प्रालि काठमाडौँ नेपाल र सोका अध्यक्ष दिलिपकुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल रहेका छन् ।