जनताको करबाट पाउने पारिश्रमिक लिएर जनताकै काम गर्न नसकेको भन्दै सांसद गीताले दिइन् राजिनामा

मंगलबार, वैशाख ३०, २०८२

दाङ  । लुम्बिनी प्रदेशकी सांसद गीता गुरुङले पदबाट राजीनामा दिएकी छिन् । 

जनमत पार्टीबाट निर्वाचित लुम्बिनी प्रदेश सभाकी समानुपातिक सांसद गुरुङले जनताको करबाट पाउने पारिश्रमिक लिएर जनताको काम गर्न नसकेको भन्दै सांसद पदबाट राजिनामा दिएकी हुन् ।

गुरुङले लुम्बिनी प्रदेश सभाका सभामुखलाई पत्र लेख्दै राजिनामा दिएकी हुन् ।

उनले सभामुखलाई लेखेको पत्रमा भनिएको छ-" हाल देशको परिस्थिति बारे श्रीमानलाई अवगत नै होला तसर्थ मेरा आदरणीय जनताको सेवा गर्न र मप्रति कार्यक्षमताको आस गरी बसेका मेरा स्वाभिमानी जनता आमाबुवा दाजुभाइ दिदी बहिनीलगायतका आशाका किरणहरू स्वलुप्त भइरहेको मलाई अभास भइरहेको छ ।’

जनमत पार्टीकी गुरुङले जनताको समस्या बुझेको उल्लेख गर्दै जनता भन्दामाथि कोही नहुने बताएकी हुन्  । 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १२:३४
प्रतिक्रिया दिनुहोस्