सल्यानमा घाँटी रेटेर प्रमिलाको हत्या

आइतबार, साउन २१, २०८०
Honor 600 pro

सल्यान  ।  घाँटी रेटेर हत्या गरिएको अवस्थामा सल्यानमा एक जना महिलाको शव भेटिएको छ। 

सल्यानको शारदा नगरपालिका-१४ धारपानीमा ४५ बर्षीया प्रमिला गिरीको घाँटी रेटी हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

सल्यान प्रहरीका अनुसार प्रमिलाको घर नजिकै मकैबारीमा आज घाँटी रेटेर हत्या गरेको अवस्थामा शब फेला परेको हो ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, साउन २१, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्