वाइसीएल नेपालको विषेश प्रदेश समितिको अध्यक्षमा दाङका नवीन थापा निर्वाचित

मंगलबार, वैशाख ३०, २०८२
Honor 600 pro

काठमाडौं । योङ्ग कम्युनिस्ट लिग (वाइसीएल) नेपालको  विशेष प्रदेश समितिको ऐतिहासिक प्रथम सम्मेलनबाट  दाङका नवीन थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

थापाको नेतृत्वमा ६१ सदस्यीय कमिटी चयन भएको छ।

थापा नेतृत्व कमिटीको उपाध्यक्षहरुमा रामचन्द्र मैनाली, लमु शेर्पा, प्रविण जङ्ग बस्नेत निर्वाचित भएका छन् । यसैगरी सचिवमा प्रभात राई, सहसचिवमा किशोर बुढा मगर,अभिनाश कुमार गौरव ,देश कुमार राई,होम राज घर्ती र विशाल सेढाई क्षेत्री निर्वाचित भएका छन् ।

कमिटीको कोषाध्यक्षमा इराज कुमार राउत निर्वचित भएका छन् ।

ऐतिहासिक प्रथम सम्मेलनका विशेष प्रदेश संयोजक प्रेम चापागाईंको अध्यक्षता तथा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतको प्रमुख आतिथ्यता,वाइसीएलका पूर्वअध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’को विशेष आतिथ्यता सम्पन्न प्रथम सम्मेलनबाट सोमबार थापाको नेतृत्वमा ६१ सदस्यीय कमिटी निर्वाचित भएको हो।

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  ०७:३२
प्रतिक्रिया दिनुहोस्