आजदेखि 'लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट'

शनिबार, वैशाख २७, २०८२

काठमाडौँ । नेपाल प्रेस युनियनले  आजदेखि यहीँ बैशाख  ३० गतेसम्म ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ सुरु गर्दैछ ।

नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रूपान्तरणमा योगदान पुर्‍याउने उद्देश्यले समिट गर्न लागिएको युनियनले जनाएको छ ।

युनियनले समिट काठमाडौँबाट पोखरा हुँदै मनाङसम्म विभिन्न कार्यक्रम गरी सम्पन्न हुने जनाएको हो ।

विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या, पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न छ मुलुकबाट आएका विषय विज्ञहरूको प्रस्तुति रहने अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नुपरेका कठिनाई, अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिटमा जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

‘जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति हुने बताइएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  ०६:५३
प्रतिक्रिया दिनुहोस्