सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमार्डौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ आयातमा कुनै समस्या नभएको भन्दै घरमा स्टक गरेर नराख्न आग्रह गरेको छ । आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले हाम्राकुरासँग भने, ‘इन्डियन आयल कर्पोरेशन (आईओसी) ले हामीले मागेजति इन्धन दिइरहेको छ । त्यसैले कुनै आत्तिनुपर्ने आवश्यकता छैन ।’
उनले मागअनुसार नै पेट्रोलियम पदार्थ तथा ग्यास आइरहेकाले घरमा स्कट गरेर नराख्नसमेत अपील गरेका छन् । उनले भने, ‘अति प्रज्वलनशील पदार्थ भएकाले घरमा स्कट गरेर नराखौँ । त्यसो गर्दा झन् ठूलो दुर्घटना निम्तन सक्छ ।’
उनले कोही कसैले पनि आत्तिएर घरमा स्टक गरेर राख्दा परिवारमा अकल्पनीय दुर्घटना निम्तनेतर्फ सबैलाई सचेतसमेत गराएका छन् ।
यता, भारतले पनि आफ्ना नागरिकलाई पेट्रोलियम पदार्थमा कुनै समस्या नरहेको भन्दै नआत्तिन आग्रह गरेको छ ।
भारत–पाकिस्तानबीच तनाव भइरहँदा पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या हुन सक्ने आँकलन गर्दै अनावश्यक स्टक राख्न सक्ने सम्भावना बढेको छ ।
सोही कारण भारतीय तेल कम्पनीहरुले पेट्रोलि, डिजेल र एलपीजी ग्यासको पर्याप्त स्टक रहेकाले आत्तिएर खरीद गरी घरमा नराख्न आग्रह गरेका हुन् ।
शुक्रबार नागरिकलाई भरोसा दिलाउँदै भारतीय सरकारी कम्पनीहरु आईओसी, भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (बीपीसीएल) र हिन्दूस्तान पेट्रोलियम कर्पोरेशन लिमिटेड ९एचपीसीएल० ले अलग–अलग बयानमा पर्याप्त स्टक भएकाले घरमा किनेर नराख्न आग्रह गरेका हुन् ।
कम्पनीहरुले सामाजिक सञ्जालमा आत्तिएका सूचना देखेपछि सम्बोधन गर्दै भनेका हुन् । सामाजिक सञ्जालमा अनावश्यक हल्ला फैलाउने क्रम नेपालमा पनि जारी छ ।