सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्नै घरको बाथरुममा लडेर घाइते भएका छन् ।
अध्यक्ष प्रचण्ड गएराति आफ्नै घरको बाथरुममा लडेका हुन् ।
प्रचण्डको टाउकोमा चोट लागेको बताइएको छ । उनलाई चोट लागेपछि गएराति नै मेडिसिटी अस्पताल लगिएको थियो ।
उनको चोट सामान्य रहेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ।