मन्त्री पौडेलले भने-खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउन आवश्यक देखियो

आइतबार, वैशाख २१, २०८२

नेपालगञ्ज । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मितब्ययी राज्य प्रणाली विकास गर्न सके मात्रै जनआकांक्षा पूरा गर्ने दिशामा अघि बढ्न सकिने बताएका छन् ।

नेपाल प्रेस युनियन बाँके शाखाले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य खर्चलाई पनि मितव्ययी बनाउने गरी काम गर्ने पर्यत्न भइरहेको बताए । 

राज्यसंग लगानी गर्ने पुँजी नरहेको स्पष्ट पार्दै उनले आम्दानीको राजमार्ग फराकिलो बनाउन सके मात्रै पुँजी निर्माण गर्न सकिने उल्लेख गरे । दलहरुबीचमा देखिएको नीतिगत अस्पष्टता र द्विविधाको अन्त्य नगर्दासम्म अपेक्षित परिणाम दिन नसकिने कांग्रेस केन्द्रिय सदस्य समेत रहेका मन्त्री पौडेलले भनाई छ ।संघियता आवश्यक भए पनि नेपालमा बोझिलो र खर्चिलो देखिएको टिप्पणी गर्दै उनले खर्च घटाउने मोडेलबाट संघियतालाई छरितो ढंगबाट अघि बढाउनुपर्नेमा जोड दिए । 

मन्त्री पौडेलले स्वास्थ्य सेवालाई गुणस्तरीय र डिजिटलाइज बनाउन जरुरी देखिएको भन्दै एक अस्पताललाई अर्को अस्पतालसंग जोडेर नागरिकमैत्री सेवा विकासमा मन्त्रालयको ध्यान गएको समेत बताए । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा पत्रकार सम्मेलन सम्पन्न भएको थियो । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्