नेकपा एस बाँकेको अध्यक्षमा दीपक जिएम निर्वाचित

आइतबार, वैशाख २१, २०८२
Honor 600 pro

नेपालगञ्ज । नेकपा एकीकृत समाजबादी बाँकेको अध्यक्षमा दिपक जिएम सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपालगञ्जमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट जिएम सर्वसम्मत अध्यक्ष चुनिएका हुन् । जिएम यसअघि सचिव थिए । यस्तै उपाध्यक्षमा शिव प्रसाद डाँगी र करिश्मा योगी, सचिव तेज प्रसाद अधिकारी तथा उपसचिवमा टेकेन्द्र मल्ल, प्रेमिका शाही र मकबुल खान चयन भएका छन् । ५३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मतरूपमा चयन भएको प्रचार विभाग सचिव कुशल दलामीले जानकारी दिए । 

अधिवेशन निवर्तमान जिल्ला अध्यक्ष ईन्द्र बहादुर थापाको अध्यक्षता एवं पार्टी महासचिव घनश्याम भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अधिवेशनलाई महासचिव भुसाल, प्रतिनिधिसभा सदस्य एवं पार्टी केन्द्रीय उपमहासचिव मेटमणि चौधरी, केन्द्रिय सचिव सोम प्रसाद पाण्डे, पोलिटब्युरो सदस्य एवं बाँके इञ्चार्ज अब्दुल हुसेन खाँ, केन्द्रीय सदस्य एवं सह–इञ्चार्ज नारायणी ओली, कृष्ण विसी, अनारकली मियाँ लगायतले सम्बोधन गरेका थिए।

नवनिर्वाचित कमिटीलाई महासचिव भुसाल तथा निर्वाचन मण्डल अध्यक्ष खाँले पद तथा गोपनियताको सपथ ग्रहण गराएको निर्वाचन मण्डल सदस्य अम्मर राज खत्रीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १३:३१
प्रतिक्रिया दिनुहोस्