सशस्त्र प्रहरीद्वारा बाराको दशगजामा आगलागीको कृत्रिम घटना अभ्यास

शनिबार, वैशाख २०, २०८२
honor २२ sept

बारा। गर्मीयाममा हुने धेरैजसो आगलागीका घटना हुने गरेको हामी देख्न सक्छौ । बढिरहेको गर्मीमा हुने आगलागीका घटनामा बच्न बारामा सशस्त्र प्रहरीले सीमाबासी बासिन्दालाई आगलागीको घटना भएमा तत्काल उद्दार लगायतका काम कसरी प्रभावकारीरुपमा गर्ने भन्ने विषयमा कृत्रिम घटना अभ्यास गरेको छ ।

X7D

सशस्त्र प्रहरी बल नं.१२  गण बाराले आगलागी भइहाले आफूसँगै अरुलाई पनि कसरी बचाउने बारेमा फायर फाइटिङ डेमो प्रस्तुत गर्दै यस्ता घटनाबाट बच्न अपनाउनु पर्ने सावधानीका बारेमा सचेतना दिएको एसपी खुम केसीले जानकारी दिएका छन् ।

विश्रामपुर गाउँपालिका-४ बिओपी बरैनियास्थित बलिरामपुर दशगजामा एसपी केसीको नेतृत्वमा गरिएको  कृत्रिम घटना अभ्यासमा विपद क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीको विपद व्यवस्थापन गुल्म बारा, बारा गणस्थित सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टोलीले स्थानीय सीमाबासी नागरिकलाई आगलागीबाट बचाउन कृतिम अभ्यास गरेको सशस्त्र प्रहरी बाराले जनाएको छ।

गर्मीयाममा विभिन्न कारणले आगलागीका घटनाहरु बढ्ने  हुँदात्यस्ता घटनाहरु बढ्न नपाउन, त्यस्ता घटनाहरुलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने उद्देश्यले आगलागी सम्बन्धि नमुनाको रुपमा कृतिम घटना अभ्यास गरिएको शसस्त्र प्रहरी बल नं.१२  गण प्रमुख केसीले बताए।

अभ्यास तथा सचेतना कार्यक्रममा विश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फाक अलि ,एसपी केसी,सशस्त्र प्रहरी विपद व्यवस्थापन गुल्म बाराका डीएसपी बिजय हमाल,भारतीय एसएसबीका इन्स्पेक्टर सर्वस कुमार सिंह, प्रस्तावित सीम सुरक्षा गुल्मका प्रमुख डीएसपी उदय न्यौपाने, बिओपी बरैनियाका इन्स्पेक्टर हरि रिमाल,इलाका प्रहरी प्रसौनियाका प्रमुख लगायत अन्य सशस्त्र प्रहरी इकाई प्रमुख र सयौं स्थानीयको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नं.१२ गणले जनाएको छ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  ०९:५२
प्रतिक्रिया दिनुहोस्