पत्रकार महासंघ बाँकेले प्रभातफेरी र स्वास्थ्य शिविर गर्दै

शुक्रबार, वैशाख १९, २०८२

नेपालगन्ज नेपाल पत्रकार महासंघ बाँकेले शनिबार नेपालगन्जमा विविध कार्यक्रम गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाउँदैछ ।

दिवसको अवसर पारेर शनिबार बिहान महासंघ बाँकेले नेपालगन्जमा प्रभातफेरी र नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण शिविर आयोजना गरेको शाखाका सचिव कृष्ण ओलीले जानकारी दिए ।

उनले दिएको जानकारी अनुसार शनिबार बिहान प्रभातफेरी नेपालगन्जको न्यूरोडस्थित सेतु विक चोकदेखि सुरु भएर महासंघको कार्यालयमा पुगेर समापन हुनेछ । दिवसकै अवसरमा महासंघको कार्यालय परिसरमा शनिबार नै नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण शिविरको आयोजना गरिएको शाखाका अध्यक्ष नवीन गिरीले जानकारी दिए ।

नेपालगन्ज उपमहानगरपालिकाको सहकार्य र शिखर हेल्थ केयर एण्ड डायग्नोष्टिक सेन्टर नेपालगन्जको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर हुने उनले बताए । स्वास्थ्य शिविर बिहान १० बजेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १७:५५
प्रतिक्रिया दिनुहोस्