सशस्त्र प्रहरी विपद उद्धार र सीमा सुरक्षामा झनै अब्बल बन्दै गएको छ: गृहमन्त्री

शुक्रबार, वैशाख १९, २०८२

मनाङ सशस्त्र प्रहरी बल विपद उद्धार र सीमा सुरक्षामा अब्बल बन्दै गएको गृहमन्त्री रमेश लेखकओए बताएका छन् ।

गृहमन्त्री लेखकले आज मनाङमा सशस्त्र प्रहरीको नेपाल पर्वतीय उद्धार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विभिन्न स्थानमा भएको विपद उद्धार र सीमा सुरक्षा ,अवैध तस्करी नियन्त्रणमा सशस्त्र प्रहरी बल झनै अब्बल हुँदै गएको बताएका हुन् ।

गृहमन्त्री लेखकले भने-"सशस्त्र प्रहरीले विपदमा गरिने उद्धार कार्यप्रति देश मात्रै नभएर विदेशीहरु समेतको विश्वास र भरोसा बढाइरहेको छ।"

सशस्त्र प्रहरीले सीमा सुरक्षा, विपदबाट जनमानस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीले खेल्ने भूमिका र योगदान सराहनीय रहेको भन्दै सशस्त्र प्रहरी भरोसायोग्य बनेको  मुक्तकण्ठले प्रसंशा गरे। 

 मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्धारमा सशस्त्रले सहयोग पुर्‍याउने गरी प्रशिक्षित गरिएकाले आगामी दिनमा स्थानीयका साथै पर्यटकलाई सहज हुने विश्वास व्यक्त गरेका हुन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १९, २०८२  १५:१६
प्रतिक्रिया दिनुहोस्